FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

  • प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
  • सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता
  • शैक्षिक योग्यताको प्रमाण–पत्रविवाह दर्ता, बसाईसराई दर्ता
  • अस्थायी निस्सा

 

घरजग्गा नामसारी सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

घरजग्गा नामसारी सिफारीस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि
  • नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि
  • नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि/१६ बर्ष नपुगेकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
  • अंशबन्डा भए बण्डापत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
  • वडा सचिवको किटानी सिफारिस
  • गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
  • स्थलगत वडा सर्जमिन मुचुल्का
  • व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिी (व्यावसायको हकमा) घर बहाल कर तिरेको रसिद

 

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको
    सूचना फाराम (भरेको हुनुपर्ने)
  • आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि
  • आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको
    सिफारिस
  • आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
  • अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
  • वडाको किटानी सिफारिस
  • दस्तुर न.पा.को नियमानुसार
  • माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२
    अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ

 

धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • व्यहोरा सहितको निवेदन
  • योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
  • कार्यालय प्रमुखको तोक आदेश
  • निवेदन दर्ता
  • धरौटी फिर्ताको निर्णय
     

 

धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • व्यहोरा सहितको निवेदन
  • योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
  • कार्यालय प्रमुखको तोक आदेश
  • निवेदन दर्ता
  • धरौटी फिर्ताको निर्णय

 

जेष्ठ नागरिक प्ररिचयपत्र कसरी बनाउने ?

६० बर्ष उमेर नाघेका महिला/पुरुष नै जेष्ठ नागरिक हुन ।

१.जेष्ठ नागरिक परिचयपत्र बनाउनका लागि चाहिने कागजातहरु :
फारममा उल्लेखित विवरणहरु भर्ने ।
तल रहेको जेष्ठ नागरिक परिचयपत्र फारम डाउनलोड गर्ने ।
फोटो २ प्रति (अटो साइज) ।
नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति ।
माथिको उल्लेखित  कागजातहरु तयार पारि नगरपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखामा पेश गर्ने ।

 

सामाजिक सुरक्षा भत्ता पाउन लाभग्राहीमा नाम समावेश गर्न पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?

    व्यहोरा खुलेको निवेदन ।

  •    सामाजिक सुरक्षा पाउन योग्य लाभग्राहीको नेपाली नागरिकताको प्रतिलिपी ।
  •   बसाई सराई गरी आउनेको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपी ।
  •  चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद।
  •    विधुवाभत्ता पाउनेको हकमा पतिको मृत्यूदर्ताको प्रमाणपत्रको प्रतिलिपी ।
  •   एकल महिलाको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्रको प्रतिलिपी वा अविवाहित प्रमाणपत्रको प्रतिलिपी ।
  •    दलित बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी र अभिभावकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  •     लाभग्राही र संरक्षकको अटो साईजको फोटो– २ प्रति

 

योजनाहरुको सम्झौता गर्न पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?

  •   व्यहोरा खुलेको निवेदन ।
  •    नगरसभाबाट स्वीकृत भएको योजना हुनुपर्ने ।
  •    उपभोक्ता समिति गठन भएको आमभेलाको निर्णयको प्रतिलिपी ।
  •    उपभोक्ता समिकिा सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  •    उपभोक्ता समिति दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  •  वडा कार्यालयको सिफारिस ।
  •   सम्बन्धित प्राविधिकबाट योजनाको सम्बन्धमा तयार गरेको लागत अनुमान एवं डिजाईन ।
  •   योजना सञ्चालनको लागि उपभोक्ता समितिले व्यहोर्नुपर्ने २० प्रतिशत बराबरको रकम बैंकमा जम्मा गरेको भौचर ।
  •    योजना सञ्चालन गर्नुपूर्वको अवस्थाको फोटो ।

 

उपभोक्ता समितिको बैंक खाता खोल्ने सिफारिस लिन पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?

  •    उपभोक्ता समितिको निवेदन ।
  •   बैंक खाता खोल्ने सम्बन्धमा भएको उपभोक्ता समितिको बैठकको निर्णयको प्रतिलिपी ।
  •     खाता सञ्चालकहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  •    खाता सञ्चालकहरुको पासपोर्ट सार्ईजको फोटो २ प्रति ।
  •    सम्बन्धित बैंकको खाता खोल्ने सम्बन्धी कागजातहरु ।

 

उपभोक्ता समिति दर्ता गर्न पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?

  •     उपभोक्ता समितिको निवेदन ।
  •   उपभोक्ता समिति गठन गर्ने भनी आमभेला बाट भएको निर्णयको प्रतिलिपी ।
  •   उपभोक्ता समितिका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।