FAQs Complain Problems

खाँडादेवी गाँउपालिकामा यहाँहरुलाई स्वागत छ ।

खाँडादेवी गाँउपालिका रामेछाप जिल्लामा अवस्थित छ। वि.सं. २०७३ सालमा संघीय मामिला र स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गरेपछि जिल्लामा साविकका राकाथुम , मझुवा , भीरपानी , पकरबास , माकादुम , गागल- भदौरे , पिङखुरी गाउँ विकास समिति मिलाएर गाउँपालिका बनाएको हो। कुल क्षेत्रफल १५०.७ वर्गकिलोमिटर र ३१,३८३ जनसङ्ख्या भएको यस गाउँपालिकालाई ९ वडाहरुमा विभाजन गरिएको छ। यस गाउँपालिका पूर्वमा मन्थली नगरपालिका , पश्चिममा सुनापति गाउँपालिका , उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लासम्म फैलिएको छ।