FAQs Complain Problems

'मदिरा नियन्त्रण अभियान' मा खाँडादेवी गाउँपालिका उप-प्रमुख : मखमली श्रेष्ठ

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा मदिरा नियन्त्रणका लागि अभियान संचालन गरिने भएको छ । 

दसैंतिहार लगायत चाडपर्वलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका बजार क्षेत्रहरुमा संचालनमा रहेको खाद्यान्न तथा औषधी पसलहरुको कडा अनुगमन गर्ने गाउँपालिकाले निर्णय गरेको हो । 

गाउँमा अवैध मदिराजन्य उत्पादन तथा बिक्रिवितरण बढ्दै जान थालेपछि गाउँपालिकाले यसको नियन्त्रणका लागि अभियान संचालन गर्न लागेको हो । नियन्त्रणका लागि अभियान अन्तर्गत प्रहरी गस्ति, महिला समुह परिचालन, चेतनामुलक कार्यक्रम संचालन, मदिरा बिक्रीवितरणका लागि लिएको अनुमतिको प्रमाण पत्र अनुगमन लगायतका कार्यहरु हुने खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमलि श्रेष्ठले बताइन् । 

लागु औषध तथा मदिरा नियन्त्रण समितिको अध्यक्ष समेत रहेकी श्रेष्ठले गाउँपालिकाका बजार क्षेत्रमा मदिराजन्य पदार्थ उत्पादन तथा बिक्रीवितरणले समस्या उत्पन्न गराएपछि गाउँपालिकाले यस्तो अभियान संचालन गर्न लागेको जानकारी दिइन् । साथै उक्त अभियान अन्तर्गत गाउँपालिकाको बजार अनुगमन लगायतका कार्यहरु हुने गाउँपालिकाले जनाएको छ । 

युबराज श्रेष्ठ २४ असोज बुधबार, २०७५ | २१:४७:०० मा प्रकाशित gaunsahar.com बाट साभर गरिएको |

आर्थिक वर्ष: